बालबालिकामैत्री बिद्यालय बनाउन प्रअले नायकको भूमिका निर्वाह गर्न सकिने

ठाकुरद्वारा । विद्यालयलाई बालबालिका मैत्री बनाउनका लागि समन्वय तथा निति निर्माणको भुमिकामा प्रधानाध्यापकले नायकको भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

बाँके र बर्दियाका प्रधानाध्यापकहरुका लागी आयोजित २ दिने जिला स्तरीय क्षमता अभिबृद्धि तालिमको पहिलो दिनमा सो निष्कर्ष निकालिएको हो ।

शिक्षा विज्ञान तथा प्रबृद्धि मन्त्रालयका पुर्व उप सचिव एंव शिक्षा विद जितबहादुर शाहले विद्यालयमा शिक्षक विद्यार्थिका साथै अभिभावकले खेल्न सक्ने भुमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।

आफु खुसी हुन सके मात्र अरुलाई खुसी पार्न सकिने भएको हुँदा सकारात्मक सोँचका साथ कामको थालनी गर्नु पर्ने बताउँदै शिक्षा विद शाहले विद्यालयमा बालबालिका टिकाई राख्न प्रअहरुको महत्वपुर्ण भुमिका रहेको हुनाले थप गम्भीर हुनुपर्ने जोड दिनुभयो ।

प्रधानाध्यापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने तालिममा सहजीकरण गर्दै शाहले शिक्षा र खुसी एक अर्काको साहार भएको हुँदा दुवैलाईसंगै लिएर जाँदा ‘खुसीका लागी शिक्षा र शिक्षाका लागी खुसी’ हुन सक्ने बताउनुभयो ।‘मानिसको जिवनको अधिकतम लक्ष्य नै खुसी हुनु हो । सिकाइलाई खुसी सगसँगै र खुसीलाई पनि सिकाई सगसंगै सहयात्रीको रुपमा लिन सके मात्र ‘खुसिका लागी शिक्षा र शिक्षाका लागी खुसी’ सम्भव छ ।’ शाहले भन्नुभयो ।

परियोजनाले बिधालयको असल असल अभ्यास चुनौति र निरन्तरता दिने तथा बिधालयतहमा लैगिंकमैत्री वातावरण समाबेशिकरण, बालवालिकाको सिकाई उपलब्धि र उनिहरुको निरन्तरता बारे समीक्षा गरिएको थियो ।

कार्यक्रममा जनज्योति मावि वड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले विद्यालय नमुना बनाउनका लागि गरिने क्रियाकलाप र सिकाईका विषयमा सहजीकरण गर्नुभएको थियो ।

ठाकुरबाबा नगरपालिकामा रहेको त्रिभुवन नमुना माविका प्रधानाध्यापक नन्दराम अधिकारीले विद्यालयलाई कसरी नुमना बनाउन सकिन्छ र यसमा प्रअको भुमिका कस्तो रहन्छ भन्ने विषयमा प्रष्ट्याउनुभयो ।स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले विद्यालय नुमना बनाउने र किशोरीलाई विद्यालयमा टिकाइराख्नको लागी प्रअ, शिक्षक, अभिभावक तथा विद्यार्थिको भुमिका कस्तो हुनुपर्छ भन्ने विषयलाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्लान नेपालको सहयोगमा स्याक नेपालद्वारा आयोजना गरिएको सिकाई परियोजना अन्तर्गत सो कार्यक्रममा बाँकेका ४ वटा विद्यालयका प्रअ तथा बर्दियाका २१ वटा विद्यालयका प्रअ गरी जम्मा २५ वटा विद्यालयका प्रअहरुको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मि प्रसाद शर्माले बताउनुभयो ।

कार्यक्रम शनिबार समापन हुने र यसबाट विद्यालयलाई नमुना विद्यालय बनाउनका लागी सहयोग पुग्ने स्याक नेपालका कार्यसमिति सदस्य एंव परियोजना फोकल पर्सन कैलासमान श्रेष्ठले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्ज न्यूरोडस्थित एक भवनमा आगलागी
Next articleकोहलपुर-पिप्रहवा ३३ के.भि.लाइन चार्ज, छुने र चलाउने कार्य नगर्नुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here