
नेपालगञ्ज । लागुऔषध खैरो हिरोइनसहित दाङमा दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय बिशाल बुढा मगर र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मकुन्दप्रसाद रिजालले घोराही–१५ शान्तिनगर टोलस्थित एक पसलमा प्रतिबन्धित लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।
उनीहरुको साथबाट २ ग्राम ३० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





