१७ बुँदे प्रतिबद्वतासहित प्रअहरुको तालिम सम्पन्न

ठाकुरद्वारा । बाँके र बर्दियाका प्रधानाध्यापकहरुका लागि संचालित दुई दिने जिल्लास्तरीय क्षमता अभिबृद्धि तालिम सकिएको छ ।

बर्दियाको ठाकुरद्धारामा जेष्ठ २० र २१ गते संचालन भएको उक्त क्षमता अभिबृद्धि तालिममा सहभागिहरुले १७ बुँदे प्रतिबद्धता जनाएका छन् ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)द्धारा संचालित सिकाई परियोजना अन्तर्गत सो कार्यक्रममा बाँकेका ४ वटा विद्यालयका प्रअ तथा बर्दियाका २१ वटा विद्यालयका प्रअ गरी जम्मा २५ वटा विद्यालयका प्रअहरुको सहभागीता रहेको थियो ।

तालिमलाई शिक्षा विज्ञान तथा प्रबृद्धि मन्त्रालयका पुर्व उपसचिव एंव शिक्षा विद जितबहादुर शाहले विद्यालयमा शिक्षक विद्यार्थीका साथै अभिभावकले खेल्न सक्ने भुमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।तालिममा प्रअहरुको कुशल व्यवस्थापन गर्नुपर्ने काम कर्तव्य, असल प्रअको भुमिका, राम्रो बिधालय बनाउन अपनाउनुुपर्ने भुमिका वारे छलफल गरिएको थियो भने दुई वटा नमुना बिधालयका प्रअहरुको अनुभव सिकाई आदान प्रदान गरिएको थियो ।समापन कार्यक्रम सस्थाका अध्यक्ष शिवलाल पाण्डे, शिक्षा बिद तथा प्रशिक्षक शाह, त्रिभुन माबिका प्रअ नन्दराम अधिकारी, कार्यसमिति सदस्य कैलाशमान श्रेष्ठको सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत विद्यालयलाई नमुना विद्यालय बनाउन सहयोग पुग्ने स्याक नेपालका परियोजना अधिकृत लक्ष्मि प्रसाद शर्माले बताउनुभयो ।

Previous articleलागुऔषध खैरो हिरोइनसहित दुई युवा पक्राउ
Next articleजन्मदिन मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here