संघको स्थापना दिवसमा जमुनाहा नाकामा मास्क बितरण

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा जमुनाहा नाकामा मास्क बितरण गरेको छ ।

दिवसको अवसर पारेर मंगलबार नेपाल भारत सीमा नाका जमुनाहा भएर नेपाल फर्किने नेपालीहरुलाई कोभिड सचेतीकरणसंगै मास्क बितरण गरिएको हो ।मास्क बितरण कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट समेत सहभागि हुनुभएको थियो ।

सो क्रममा उहाँले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग जरुरी रहेको बताउनुभएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा दुई हजार मास्क र सेनीटाइजर वितरण गरिएको संघका सहसचिव तेज वलीले जानकारी दिनुभयो ।

Previous articleमधुवनमा गोली चलाउने आदेश दिइएको थिएन : गृहमन्त्री खाण
Next articleराप्रपा महामन्त्री राणा संगठन विभाग प्रमुखमा मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here