
नेपालगञ्ज । नेपाल शिक्षक महासंघ नेपालगञ्ज नगर समितिले शिक्षक महासंघ राष्ट्रिय समितिलाई छ बुँदे ध्यानाकर्षण गराएको छ ।
महासंघ नगरसमिति नेपालगञ्जले राष्ट्रिय महासंघले मन्त्रालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा १ देखि ५ नम्बर बुँदासम्मको मागप्रति समर्थन रहेको भन्दै छुटेको मागहरुप्रति ध्यानाकर्षण गराएको हो ।
महासंघ राष्ट्रिय समितिले अर्थ मन्त्रालयलाई पाँच बुँदे ध्यानाकर्षण पत्र यसअघि नै बुझाईसकेको छ ।
महासंघ नेपालगञ्ज नगरअध्यक्ष मनोजराजा श्रीवास्तव महासंघ राष्ट्रिय समितिलाई पेश गरिएको ध्यानाकर्षण पत्रमा यस्ता कुराहरु उल्लेख छन् ।





