असार २० भित्र भुक्तानी लिन जानकीकाे अनुराेध

मानपुर । बाँकेको जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० (१) (७) बमोजिम ‘कार्यालयले विनियोजन ऐनले फ्रिज नहुन तोकिएको शीर्षकको रकम बाहेक भुक्तानी दिने भएका छन ।

गाउँपालिकालेे एक सूचना जारी गर्दै ०७८/७९ चलानी नम्बर १५४० अनुसार अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अगावै भुक्तानी गरि निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाे छ ।

उक्त बाध्यात्मक व्यवस्था गरेकाेले आर्थिक वर्ष समाप्त हुनुअघि भुक्तानी निकासा बन्द गर्न तथा यसवर्ष सञ्चालित कुनैपनि योजना वा कार्यक्रमको दायित्व आगामी आर्थिक वर्ष २०७९/०८० मा नसर्ने भएकोले सरोकारवाला सम्पूर्ण उपभोक्ता समिति / सेवाग्राहीका निम्ति सूचना जारी गरेकाे हाे ।

पालिकामा आ.व. २०७८/०७९ मा सञ्चालित सम्पूर्ण योजना / कार्यक्रमहरु भुक्तानीका लागि पेश गरिने कागजातहरु मिति २०७९ असार २० गतेभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी आर्थिक प्रशासन शाखामा पेश गरि भुक्तानी लिन विज्ञप्तिमार्फत जानकारी गराईएकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतीन अन्सारीले जानकारी दिनुभयो ।

तोकिएको समयभित्र भुक्तानीका लागि विवरण पेश गर्न नगर्ने तथा भुक्तानी रकम अवरुद्ध भएमा शाखाहरू, वडा कार्यालयहरू, व्यक्ति, फर्म, सप्लायर्स, उपभोक्ता समिति र निर्माण व्यवसायी, सबै सरोकारवालाहरु नै हुने व्यहोरा समेत जनाईएकाे छ ।

Previous articleगर्मी बढेका कारण नेपालगन्जका बिद्यालयमा पाँच दिन बिदा
Next articleनेपाल बैंक काेहलपुर शाखाद्वारा मेयर र उपमेयरलाई स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here