नेपाल बैंक काेहलपुर शाखाद्वारा मेयर र उपमेयरलाई स्वागत

नेपालगन्ज । नेपाल बैंक लिमिटेडकाे काेहलपुर शाखाले बिहिवार काेहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य र उपमेयर सगिता सुवेदीलाई बधाई तथा शुभकामना प्रदान गरेकाे छ ।

शाखाका प्रवन्धक दिपकराज ओलीले खादा तथा अविर लगाएर बधाई दिदै कार्यकाल सफलताकाे शुभकामना दिनुभयाे ।

उक्त अबसरमा बोल्दै प्रबन्धक ओलीले काेहलपुर जस्ता उदाउँदो स्थानीय तहमा बित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भुमिका महत्वपूर्ण हुने बताउनुभयाे ।

नियम अनुसार हुने कामलाई सहज र सरल बनाएर सेवाग्राहीलाई बैंकले सेवा प्रवाह गरिरहेकाे ओलीको भनाई छ ।

मेयर आचार्यले स्वराेजगार तथा उद्यम जस्ता गतिविधि बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयाे ।

त्यसले बित्तीय गतिविधिलाई समेत चलायमान बनाउने उहाँहरुको भनाई छ । अहिले नेपाल बैंक निक्षेप सकलन तथा कर्जा प्रवाहमा उत्कृष्ट रहेकाे छ ।

Previous articleअसार २० भित्र भुक्तानी लिन जानकीकाे अनुराेध
Next articleशैक्षिक गुणस्तर अभिवृद्धिसहित २७ बुँदे मागपत्र पेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here