शैक्षिक गुणस्तर अभिवृद्धिसहित २७ बुँदे मागपत्र पेश

नेपालगञ्ज । नेपाल शिक्षक महासंघ नगर समिति, नेपालगञ्जले शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्ने भन्दै नेपालगञ्जका मेयर तथा उपमेयर सामु २७ बुँदे माग प्रस्तुत गरेको छ ।

शिक्षक महासंघले नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईको स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरि यहाँका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिको आवश्यकता औल्याउँदै २७ बुँदे माग गर्दै प्रस्तुत गरेको हो ।

महासंघका अध्यक्ष मनोज राजा श्रीवास्तवले उक्त मागपत्र नगर प्रमुख विष्ट र उपप्रमुख राईलाई हस्तान्त्रण गर्नुभएको थियो ।

नगरप्रमुख विष्टले क्रमिक रुपमा प्रस्तुत उक्त मागहरु सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । असार मसान्त लगत्तै नेपालगञ्ज अन्तरर्गतका सबै विद्यालयहरुमा शैक्षिक गुणस्तर र त्यसको अवस्था बारे अवलोकन गरिने उहाँले जानकारी गराउनुभयो ।

नेपालगञ्जका बिभिन्न विद्यालयमा अझै पनि भवन, खानेपानी, कक्षा कोठाको अभाव, दरबन्दी, खेलकुद सामाग्री, कम्प्युटरको समस्याहरु रहेकोले यसलाई विषेश जोड दिने र शिक्षामा सुधार ल्याउन सक्ने गरि आगामी आर्थिक वर्षको बजेट बाडफाँड गर्ने नगरप्रमुख विष्टले बताउनुभयो ।

यस्तै, नगर उपप्रमुखले शिक्षामा सुधार र गुणस्तर बनाउन मंगलबार वृहत छलफल पश्चात नेपालगञ्जका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको संयोगात्मकमा पाँच सदस्यीय समित समेत गठन भएको जानकारी दिनुभयो ।

Previous articleनेपाल बैंक काेहलपुर शाखाद्वारा मेयर र उपमेयरलाई स्वागत
Next articleसिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव, पत्रकारमाथि हातपात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here