
नेपालगञ्ज । नेपालगञ्जमा छात्र छात्रा जुनियर ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगितालाई शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले उद्घाटन गर्नुभयो ।
उहाँले रेफ्रीलाई ब्याटमिन्टन र कक हस्तान्तरण गरेर प्रतियोगिताको उदघाटन गर्नुभएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला ब्याटमिन्टन संघको आयोजनामा तीन दिने प्रतियोगिता शुरु गरिएको हो ।
उद्घाटन शत्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले व्याटमिन्टन खेलले बालबालिकालाई खेलप्रति आकर्षित गर्ने बताउनुभयो । उहाँले ब्याटमिन्टन खेलले शारीरीक स्वस्थता कायम गर्न समेत सघाउ पुर्याउने धारणा राख्नुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष एवं बाँके जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष संजय थापाले बालबालिकाको मानसिक तथा शारीरीक रुपमा प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले बाँके जिल्लामा सा साना बालबालिकाहरुलाई ब्याटमिन्टन खेलतर्फ प्ररित गर्न प्रयास स्वरुप संघले गतिबिधि संचालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा क्षेत्रीय खेलकुद बिकास समितिका कार्यालय प्रमुख महेश चन्द, जिल्ला खेलकुद बिकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कोहलुर नगरपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र १८ वटा बिद्यालयका १५० जना बालबालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएको प्रतियोगिता संयोजक अनिल लाखेले जानकारी दिनुभयो । प्रतियोगिता २९ गतेसम्म चल्नेछ ।





