
नेपालगञ्ज । बाँकेमा रगतको अभाव भएको बेलामा नेपालगन्ज उपमहानगरपालिका वडा नं.-२२ पुरैनीस्थित रहेको एकता युवा क्लबले सातौं पटक रक्तदान कार्यक्रम गरेको छ ।
शर्मिला आल्मुनियम सप्लायर्सको प्रायोजकमा क्लबले गरेको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ शनिबार सातौं श्रृङखलामा आयोजना गरिएको रक्तदान गर्नेहरुमा एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव, प्राइमलाइफ इन्स्युरेन्स नेपालगन्जका शाखा प्रबन्धक दिपक चालिसे, ओमकार थापा, अभिशेष मिश्रा, मनोज मिश्रा,बिनोद कुमार यादव, विशाल गोडिया, राजेश गोडिया, बीरेन्द्र गहतराज, रतन गोडिया, आशिष सिंह गुरुङ, शेरबहादुर बोहरा, पदम बहादुर शाही, अक्कल शाही, निराजन बिसी, अजय साहनी, गहेन्द्र, कृष्ण सिंह थापा, दिपेश घर्तीमगर, सदेश गोडिया, ऋषि प्रसाद, गौतम गोडिया,अमन गोडिया,धर्मु गोडिया, बिजय रोका, रबि गौतम, सुनिता गोडिया, योगेन्द्र वली, अभिशेक सुनार, दिपक बुढा क्षेत्री, प्रेम सुनार, मनिष सुनार, रवि मगर, आशिष बस्नेत, टर्चन टेम्बा शेर्पा, सूरज काफ्ले, बिनोद गौतम, दिवेश काफ्ले, दिनेश कुमार यादव, मंगल जिएम, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, अमृता केसी लगायत ४२ जनाले रक्तदान गर्नुभएको हो ।
सोही नेपालगञ्ज वडा नं.-२२ का नवनिर्वाचित वडाध्यक्ष अब्दुल गप्फार हलवाई, सदस्यहरुमा खडक बहादुर गुरुङ्ग, राजिया किंघरिया, राधा कुमारी पासीलाई गम्छा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
यस्तै नेपालगञ्ज वडा नं.-२० का वडाध्यक्ष कौशल कुमार धोबी, राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादव, शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त गौतम, समाजसेवी माधवराम वर्मालाई गम्छा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
एकता युवा क्लबका अध्यक्ष यादवद्वारा सञ्चालित कार्यक्रममा राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले रगत संकलन गर्ने पाकेट प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गरी विधिवत् रक्तदान कार्यक्रमको उद्घााटन गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा पुरैनीका सभापति फन बहादुर गुरुङ्ग, बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्मा, हुकुम केसी, मोहित शाह, सोम गुरुङ्ग, लगायतको रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल थापा, सुरज यादव, रबिन्द्र मिश्रा, केशर सिंह डाँगी, वीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।





