विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

नेपालगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।

जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।

प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक र एक वटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।

Previous articleएकता युवा क्लबको आयोजनामा ४२ जनाद्धारा रक्तदान
Next articleगुडियाभित्र ब्राउन सुगरको तस्करी, दुई बालकसहित पाँच जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here