
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं–१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण गरेको छ ।
स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरी १ देखि ७ कक्षासम्म अध्ययनरत १ सय २३ जनामध्ये छात्र ४२ जना र छात्रा तर्फ ८१ जनालाई रु चार सय रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको हो ।
बिद्यालयका संरक्षक तथा बिद्यालय व्यवस्थापन समितिका माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्ट र वडा नं–१८ का वडाध्यक्ष दिपक वर्माले छात्रबृति वितरण गर्नु भएको थियो ।
सो अवसरमा जेष्ठ २९ गते नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टलाई दोसल्ला ओढाएर र भुजईगाउँ निवासी बजरंगलाल बर्मा (कुर्मी) र रामलली बर्मा(कुर्मी) ले बिद्यालयलाई २ कट्ठा जग्गा दान गरेका बापत दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको छ ।
सो कार्यक्रममा नगर प्रमुख बिष्टले बिद्यालयको पर्खाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथैै बिद्यालयको प्रयासमा सम्पूर्ण अभिभावकहरुको ठूलो जिम्मेवारी रहेको छ ।
वडा नं–१८ का वडाध्यक्ष वर्माले वडा कार्यालयबाट बिद्यालयको लागि सहयोग यसअघि पनि गरिएको र आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसरी व्यवस्थापन समितिका सदस्य सायरा अन्सारी, साहू समाज समितिका अध्यक्ष हंशराम साहू लगायतले बिचार राख्नुभयो । कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक भृकुटीतारा शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक ओम प्रकाश त्रिपाठीले गर्नु भएको थियो । समाजसेवी बलराम कुर्मी, जाकीरअली मनिहार, सल्लाहकार पवन जायसवाल लगााायतको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रममा व्यवस्थापन समितिका संरक्षक सदस्य ओम कुमारी थापा, सदस्यहरुमा रामनरेश ठाकुर, बिनोद ठाकुर, अनिता क्षेत्री, शिक्षकहरुमा सुन कुमारी थापा, सुष्मा केसी(बिष्ट), उमा श्रीवास्तव र नोकी क्षेत्रीको सक्रिय सहयोगमा छात्रबृति वितरण गरिएको छ ।





