नेपालगञ्जलाई बालश्रम मुक्त बनाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताउनुभयो ।

उहाँले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नेपालगञ्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उहाँको भनाई छ ।कार्यक्रममा उपप्रमुख कमरुद्धिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिताएृ गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकाँश विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उहाँले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्नुभयो ।

विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने र शिक्षा,स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाई छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजिकरण गर्नुभएको थियो ।

Previous articleपाटेश्वरी आधारभूतद्धारा १२३ जना बिद्यार्थीलाई छात्रबृति प्रदान
Next articleछात्र-छात्रा जुनियर ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here