
नेपालगञ्ज । नेपालगञ्जमा संचालन भएको छात्र छात्रा जुनियर ब्याटमिन्टन प्रतियोगिता सकिएको छ । बिजयीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण गर्दै शनिबार साँझ उक्त प्रतियोगिता सकिएको हो ।
१९ वर्षमुनिको पुरुष एकलतर्फ सेन्टथोमसका शिव सुनार प्रथम, राजेश बिसी द्धितीय, सचिन चौलागाई तेस्रो र जिभिएनका साहिल शेष सान्त्वना स्थान ल्याउन सफल भएका छन् ।
यसैगरी १९ वर्षमुनि एकल महिलातर्फ वेष्टजोनकी प्राची पौडेल प्रथम, जिभिएनकी बिपना थापा द्धितीय, सेन्ट थोमसकी कृति शाक्य तेस्रो र सेन्ट थोमसकी सुस्मिता पौडेलले सान्त्वना भएका छन् ।
यस्तै १५ वर्षमुनिको पुरुष एकलतर्फ गोर्खा स्कुलका निश्चल थापा प्रथम, चिसापानीका निशान्त कार्की द्धितीय, सुबाभ साउद तेस्रो र सेन्टथोमसका शिखर नकर्मील सान्त्वना स्थान ल्याएका छन् ।
यसैगरी १५ वर्षमुनि एकल महिलातर्फ सेन्टथोमसकी प्राची पौडेल प्रथम, सेन्ट थोमसकै कृति शाक्य दोस्रो, जय बागेश्वरीकी स्नेहा श्रेष्ठ तेस्रो र सेन्ट थोमसकी कृपा शाक्य सान्त्वना हुन सफल भए ।
बिजयी खेलाडीहरुलाई नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, मध्यपश्चिम क्षेत्रीय खेलुकद बिकास समितिका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष संजय थापा, उपाध्यक्ष मिन बहादुर मल्ल, सचिव भक्त गोद्धार, प्रतियोगिता संयोजक अनिल लाखे, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले मेडल तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला ब्याटमिन्टन संघको आयोजनामा तीन दिने प्रतियोगिता संचालन गरिएको हो । कोहलुर नगरपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका १८ वटा बिद्यालयका १५० जना बालबालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।






