बाँकेका ७६ हजार बालबालिकालाई कोरोना बिरुद्धको फाईजर खोप लगाइँदै

नेपालगन्ज । बाँकेका ७६ हजार बालबालिकालाई कोरोना बिरुद्धको फाईजर बायोएनटेक खोप लगाइँदैछ ।

पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि बिहीबार (आज) देखि कोरोना भाइरस विरुद्ध ‘फाइजर बायोएनटेक’ खोप दिन शुरु गर्न थालिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बाँकेका ७६ हजार २ सय ३९ जना बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिद्यालयमै पुगेर बालबालिकालाई खोप दिन लागिएको हो ।

बिद्यालयका साथै इट्टा भट्टा लगायत स्थानमा रहने बालबालिकालाई पनि सम्बन्धित ठाउँमा पुगेर खोप लगाइने श्रेष्ठले बताउनुभयो ।

खोप कार्यक्रम असार १५ गतेसम्म चल्नेछ । बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौं ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

Previous articleमहाधिबेशनको तयारीमा अवधी पत्रकार संघ
Next articleप्रस्तावित युवा नीतिका बारेमा युवा क्लबका प्रतिनिधिसंग छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here