
नेपालगञ्ज । प्रस्तावित युवा नीतिका बारेमा नेपालगञ्जमा सरोकारवालासंग छलफल गरिएको छ ।
सेफ द चिल्ड्रेनको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा जिल्ला युवा क्लब संजाल र सामाजिक बिकास मंच बाँकेको आयोजनामा युवा नीतिका बारेमा सरोकारवालसंग छलफल गरिएको हो ।
नेपालगञ्जका युवा क्लब तथा युवाहरुको सहभागितामा गरिएको छलफलमा प्रस्तावित युवा नीतिभित्र भएको त्रुटि तथा हुनुपर्ने बिषय र बिभिन्न बुदाँहरुको औचित्यका बिषयमा छलफल गरिएको थियो ।
सो क्रममा नेपालगञ्जका लागि आवश्यक महसुस नभएका बुँदाहरु हटाउनुपर्ने कुरामा समेत गहन छलफल र युवाहरुको बिकास र रोजगार लगायतका पक्षमा हुनुपर्ने बुँदाहरु थप गरिएको छ ।
छलफलमा मंचका अध्यक्ष चम्पसिंह थापामागर, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, युवा क्लब संजालका अध्यक्ष आशिष बर्मा, हेमराज भट्ट, पत्रकार सूर्यलाल यादव, राईजिंग आइडल्सका अनुप बर्मा, सेफ द चिल्ड्रेनकी परियोजना संयोजक फुलकमारी चौधरी, मंचका कार्यक्रम संयोजक राम श्रेष्ठ लगायत युवाहरुको उपस्थिति रहेको थियो ।
नेपालगञ्जमा मंचले पावर फो एवाई परियोजनामार्फत युवाहरुको क्षमता बिकास, लघु उद्यम तालिम, छात्रबृति एव लघुद्यमका लागि सहयोग गर्दै आएको छ ।





