
बुटवल । नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थिको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा मा डा.वेदराज केसी, सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे, कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरू मा क्रमशः सन्तोष कुमार के सी, अनिष चौधरी, धर्मबन्धु पौडेल, नरेश आचार्य, शान्ता शर्मा र शिशिर अधिकारी रहनु भएको छ ।
अधिवेशन तथा साधारणसभाको उदघाटन समारोहमा नेपाल भौतिक विज्ञान समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. निलम श्रेष्ठ को प्रमुख आतिथ्यता, नेपाल भौतिक विज्ञान समाज को निवर्तमान अध्यक्ष प्रा.डा.नारायण प्रसाद चापागाईं र वुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको विशिष्ट आतिथ्यता र नेपाल भौतिक विज्ञान समाजका निर्वतमान र वर्तमान सचिव क्रमश: डा.गोपि चन्द्र काफ्ले र डा.हरिशंकर मल्लिक को आतिथ्यता तथा लुम्बिनी प्रदेशभित्र रहेका भौतिक शास्त्रिहरुको उपस्थिति रहेको थियो ।
उदघाटन समारोह नेपाल भौतिक विज्ञान समाज, लुम्बिनी प्रदेशका अध्यक्ष प्रा.डा. अनन्त पन्थि को सभापतित्व,उपाध्यक्ष डन.वेदराज केसीको स्वागत मन्तव्य र सचिव लक्ष्मीनाथ भट्टराईको संचालनमा समापन भएको थियो ।





