जानकीको बजेट ५९ करोड ५३ लाख

मानपुर । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड ५३ लाखको प्रस्तुत गरेको छ ।

१२ गाउँसभामा शुक्रबार गाउँपालिका उपप्रमुख रामप्यारी यादवले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजारको बजेट तय गरेको प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमा कृषिका लागि ३५ लाख, पशुका लागि ३५ लाख, सहकारीतर्फ ५ लाख, शिक्षा शाखातर्फ ९० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ १५ लाख, स्वास्थ्यतर्फ ६० लाख गरी जम्मा १ करोड ६५ लाख रहेको छ ।यस्तै भौतिक पुर्वधारतर्फ गाउँपालिकास्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडास्तरीय योजनातर्फ ४ करोड ३० लाख गरी जम्मा २० करोड ९० लाख ५९ हजार रहेको छ ।

यसैगरी वन वातावरण तथा बिपत व्यवस्थापनतर्फ १० लाख, सुशासन तथा संस्थागत क्षमता बिकातर्फ १० करोड ८० लाखको बजेट रहेको छ ।

सभाको अघिल्लो दिन गाउँपालिका अध्यक्ष छब्बन खाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सभामा ६ वटै वडाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले संचालन गर्नुभएको थियो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments