
नेपालगञ्ज । किसानलाई तत्काल मलको व्यवस्थापनको माग गर्दै नेपालगञ्जमा प्रदर्शन गरिएको छ । नेपालगञ्जको चर्को घाममा नेता कार्यकर्ताहरुले बिहान ११ बजेदेखि दुई घण्टा प्रदर्शन गरेका हुन ।
नेकपा एमाले बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी किसानलाई तत्काल मलको व्यवस्थापन र महंगी बिरुद्ध प्रदर्शन गरेको हो ।
खेती गर्ने समयमा सरकारले मल उपलब्ध गराउन नसक्नु, मुल्यबृद्धि, चर्को महंगी र कारोबजारी नियन्त्रण गर्न नसक्ने सरकारको रवैयाबिरुद्ध प्रदर्शन गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्ज सुर्य ढकालले जानकारी दिनुभयो ।





