
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाको २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन अधिकारी राजकुमार वर्माले दिनुभएको जानकारी अनुसार सभापतिमा नमराज सापकोटा, उपसभापतिमा भवीसरा कुमारी बोहरा, सचिवमा जगन्नाथ कँडेल, कोषाध्यक्षमा डिल्लीराज रेग्मी, उपसचिवमा कृष्ण बहादुर गिरी, उपकोषाध्यक्षमा विसम्भर रावत, महिला सदस्यमा मिनाकुमारी बोहरा, सदस्यहरुमा सिता गुरुड, अधोराम यादव, रञ्जना खड्का र उत्तरकुमार गौतम निर्वाचित हुनुभएको छ ।
निर्वाचन कार्यक्रममा नेरेसो बाँके शाखा उपकोषाध्यक्ष दुखीराम लोनिया, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, लेखा अधिकृत झवीलाल शर्मा र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा लगायत निर्वाचन टीमको सहभागिता रहेको थियो ।
निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र सोही समयमा वितरण गरिएको थियो ।





