
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका याेजना संकलन तथा वडा भेलालाई वडा कार्यालयले तिब्रता दिएका छन् ।
चालू आर्थिक वर्षकाे समाप्तीकाे अन्तिम चरण र आर्थिक वर्ष २०७९/८० काे शुरू हुन केही दिन बाँकी रहेकाले वडा कार्यालयले याेजना संकलन तथा वडा भेलालाई तिब्रता दिएका हुन ।
यसै क्रममा नेपालगन्ज वडा न-१२ ले आईतवार वडा भेला गरेकाे छ । भेलामा वडाबासीहरुले सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना माग भएकाे वडा अध्यक्ष तरूण बज्राचार्यले जानकारी दिनुभयाे ।
यस्तै वडा न २० मा शनिबार र आईतवार भेला तथा याेजना संकलन गरिएकाे छ । वडा अध्यक्ष काैशल धाेवीका अनुसार वडाकाे विभिन्न टाेल समुदायका याेजनाहरू संकलन भएकाे छ ।
संकलन भएकाे याेजनाहरूमा भाैतिक बिकास पुर्वधार निर्माणदेखि सामाजिक बिकासका कार्यक्रमहरू रहेकाे वडा अध्यक्ष धाेवीले बताउनुभयाे ।
यस्तै वडा न १ ले पनि वडा भेला बाेलाएकाे छ । वडा सचिव नेबलाल घर्तीका अनुसार वडा न-१ काे साेमबार दिउँसाे वडा भेला आयाेजना गरिएको छ ।
यस्तै वडा न-१८ ले समेत साेमबार नै भेला बाेलाएकाे छ । १८ नम्बर वडा कार्यालयका प्रशासन प्रमुख मनाेज रिजालका अनुसार साेमबार बिहान ११ बजे वडा भेला बाेलाईएकाे छ ।





