
काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाका महिलालाई आयआर्जनका लागि बस्तुगत टेवाका बस्तु प्रदान गरिएकाे छ ।
आईतवार महिला तथा बालबालिका शाखा कार्यालयकाे प्राङ्गणमा काेहलपुर नगरपालिकाका १६ जना महिलाहरूलाई आयआर्जनका लागि बस्तुगत टेवाका बस्तुहरू बितरण गरिएको हाे ।
काेहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले प्रदान गरिएकाे सहयाेगलाई मुल बिउका रूपमा लिनुपर्ने बताउनुभयाे ।
आर्थिक रूपमा सक्षम हुनका लागि उधम गर्न जरुरी रहेकाेले सबै महिला आर्थिक रूपमा मजबुत हुनुपर्ने उपमेयर सुवेदीकाे धारणा छ ।
बितरण कार्यक्रम निवर्तमान उपमेयर सन्जु कुमारी चाैधरी, महिला शाखा प्रमुख रिना शाही लगायतकाे उपस्थिति रहेकाे थियाे । अति बिपद्, एकल, घरेलु हिंसा पिडित, दलित तथा अपाङ्गता भएकालाई सहयोग गरिएको हाे ।
बस्तुगत टेवामा बाख्रा पालन, सिलाई कटाई, बंगुर पालन, किरना पसल, ठेला व्यापारका लागि बस्तु प्रदान गरिएको छ । नगरपालिका महिला तथा बालबालिका शाखाकाे आयाेजनामा उपमेयरसंग महिला स्वराेजगार कार्यक्रम अन्तर्गत महिलाहरूलाई आयआर्जन गर्न बस्तुगत टेवा वितरण गरिएको महिला शाखाकी महिला बिका निरीक्षक घट्ना शाहले जानकारी दिनुभयाे ।





