बाँकेमा बालबालिका लक्षित खाेप अभियान लक्ष्य नजिक, दुई दिन थप

नेपालगन्ज । बाँकेमा बालबालिकाहरूका लागि काेभिड-१९ बिरूद्व संचालन भएकाे खाेप अभियान लक्ष्य नजिक पुगेकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठका अनुसार जिल्लामा संचालन भएकाे बालबालिका लक्षित खाेप अभियान लक्ष्य नजिक पुगेकाे हाे ।

जिल्लामा आषाढ ९ देखि १२ गतेसम्म बालबालिका लक्षित खाेप कार्यक्रम संचालन भएकाे छ । ५ देखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुमा काेभिड-१९ विरुद्धको फाईजर खोप अभियानमा ६६ हजार ३ सय २३ जना सहभागी भएका छन् ।

१२ गतेसम्म लक्ष्यकाे ८७ प्रतिशत बालबालिकाले खाेप लगाएकाे स्वास्थ्य अधिकृत श्रेषले जानकारी दिनुभयाे ।

श्रेष्ठका अनुसार लक्षित समूह ७६ हजार २ सय ३९ जनामध्ये ६६ हजार ३ सय २३ जनाले फाईजर खाेप लिएका छन ।

यस्तै खोप लिन छुट भएका बस्तीहरुमा असार १३ र १४ गते खाेप सेवा जिल्लाभर संचालन गरिएको छ ।

Previous articleआयआर्जनका लागि काेहलपुरमा १६ जना महिलालाई सहयाेग बितरण
Next articleस्थानीय समस्या समाधानका लागि पहल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here