स्थानीय समस्या समाधानका लागि पहल

नेपालगन्ज । स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ ।

बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ ।

नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णसंग सम्वन्धित सवाललाई पहिचान गरि समाधान गर्ने बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले प्रतिबद्धता गर्नुभयो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा बोल्दै अध्यक्ष त्रिपाठीले आफु पालिकाको अध्यक्षमा निर्वाचित भईसकेपछि परियोजना संचालन भएका क्षेत्रमा पुगेर अनुगमन गर्दा पालिकाले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै त्यसलाई पुर्णता दिने प्रतिबद्धता गर्नुभयो ।सभामा स्थानीय समुहका पदाधिकारीले उठाएका स्थानीय समस्याका बारेमा लागि पहल गर्ने बताइएको छ । सभामा उपाध्यक्ष लक्ष्मी अधिकारी, कार्यपालिका सदस्य चन्द्रकला विक, नागरिक अभियन्ता देवकमल पौडेल, स्थानीय सभाका संयोजक हरि बहादुर घर्ति, लगायतले बोल्नु भएको थियो ।

संस्थाका कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले सञ्चालन गरेको सभामा जनप्रतिनिधी, कर्मचारी, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा मानव अधिकारको दृष्टिकोणले सूचना प्रर्णाली व्यवस्थापनका बारेमा अभिमुखीकरण गर्दै समिक्षा गरिएको थियो ।

Previous articleबाँकेमा बालबालिका लक्षित खाेप अभियान लक्ष्य नजिक, दुई दिन थप
Next articleश्रमिकहरु तातो हावाको उच्च जोखिममा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here