श्रमिकहरु तातो हावाको उच्च जोखिममा

प्रहलाद विश्वकर्मा
नेपालगज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लु (तातो हावाको लहर) प्रतिकार्य कार्यक्रम सम्बन्धी सरोकारवाला बीच समन्वय कार्यशाला सोमवार नेपालगंजमा सम्पन्न भएको छ ।

नेपालको सबैभन्दा बढी गर्मी हुने बाँके जिल्लामा हरेक वर्ष गर्मीयममा तापक्रम ४० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम हुने गरेको र नेपालगंज उमहानगरपालिकाको १३, १४, १९, २१ र २२ नम्बर वडामा सबैभन्दा बढी गर्मी हुने समुदाय रहेको एक अध्ययनले देखाएको छ ।

उक्त प्रतिवेदनमा लु (तातो हावाको लहर) को कारण मानिसको स्थास्थ्यमा पर्ने असर कम गर्न आगामी दिनमा गर्न सकिने केही महत्वपूर्ण कार्यहरुको बारेमा सुझाव पनि दिएको छ ।नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले अनुसन्धानमुलक अध्ययनबाट आएको सुझावको आधारमा गतिविधिहरु निर्धारण गरिनुका साथै आगामी दिनमा उपमहानगरपालिकाको योजनामा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले यस कार्यक्रमको पहल गर्ने निकाय नेपाल रेडक्रसलाई धन्यवाद समेत व्यक्त गर्नु भयो । तातो हावाको जोखिममा सबैभन्दा बढी श्रमिकहरु रहेको कार्यक्रममा बताइएको छ ।

आगामी दिनमा गरिने कार्यक्रमहरुको बारेमा सहभागीहरुले विभिन्न ३ वटा विषयमा केन्दित रही आफ्ना सुझाव तथा सिफारिसहरु प्रस्तुत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका नेरेसोका उपशाखाहरुबाट सभापति, सचिव एवं सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले कार्यक्रमद्वारा भए गरेका गतिविधिहरुका प्रस्तुती र यस कार्यक्रमका परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

Previous articleस्थानीय समस्या समाधानका लागि पहल
Next articleबाँकेकाे नरैनापुरबाट १८५ किलाे गाँजा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here