सीमा नजिकैबाट दुई सय किलो बोइलर कुखुरा बरामद

नेपालगञ्ज । बाँके प्रहरीले दुई सय किलो अबैध बोइलर कुखुरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको गस्ती टोलीले बिहीबार बिहान दुई सय किलो अबैध बोइलर कुखुरा बरामद गरेको हो ।

प्रहरी टोलीले उक्त अबैध बोइलर कुखुरा नेपालगञ्ज वडा नं १४ को बालेगाउँबाट बरामद गरेको जनाएको छ । बुधबार बिहान सात बजेको समयमा नेपालगञ्ज वडा नं १४ बालेगाउँ नजिकै भन्सार तथा क्वारेन्टाईन छली चोरी पैठारी गरेर ल्याउँदै गरिएको ८० गोटा कुखुरा अन्दाजी करिब दुई सय किलो फेला परेको हो ।

करिब ६० हजार मुल्य बराबर रहेको बोइलर कुखुरा आबश्यक कारबाहीका लागि पशु क्वारेण्टाईन कार्यालय नेपालगञ्जमा पठाइएको वडा प्रहरी कार्यालयका प्रमुख रिपेन्द्र सिंहले जानकारी दिनुभयो ।

Previous articleहत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने मुद्दा दर्ता
Next articleशैक्षिक सामाग्री पाउँदा देखिएको त्यो अनुहारको खुशी..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here