भेरी अस्पतालका बिरामीलाई फलफूल बितरण

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बाँकेले अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारी लगायतले बिरामीलाई फलफूल प्रदान गर्नुभएको थियो ।कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ बाँकेका कार्यबहाक अध्यक्ष चक्र बहादुर रावतले बताउनुभयो ।

करिब ४० जना विरामीहरुलाई फलफूल वितरण गरिएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र विक लगायत सहभागि हुनुभएको थियो ।

Previous articleअबैध सिल गरिएको कन्टेनर जमुनाहाबाट पक्राउ, अफिमको आशंका
Next articleलेनदेन मुद्दामा फरार चौधरी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here