
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बाँकेले अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारी लगायतले बिरामीलाई फलफूल प्रदान गर्नुभएको थियो ।
कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ बाँकेका कार्यबहाक अध्यक्ष चक्र बहादुर रावतले बताउनुभयो ।
करिब ४० जना विरामीहरुलाई फलफूल वितरण गरिएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र विक लगायत सहभागि हुनुभएको थियो ।





