
बाँके । बुधबार बाँकेमा १० जना नयाँ संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट बाँकेका १० सहित १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा गत २४ घन्टामा पत्ता लागेका नयाँ संक्रमितहरुमा बर्दियाका ३ जना छन् । बाँकेमा नेपालगञ्जका ४, खजुराका २, कोहलपुर–कौशिलानगरका ४ जना रहेका छन् भने गुलरिया नगरपालिकाका २ र बढैयाताल गाउँपालिकाका १ जना रहेका छन् ।






