
नेपालगञ्ज । नेपालगञ्ज वडा नं ६ स्थित फुल्टेक्रा माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण गरिएको छ ।
क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जले शनिबार बिद्यालय परिसरमा बृक्षारोपण गरेको हो । बृक्षारोपण कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, कार्यपालिका सदस्य संगीता रेग्मी, दिलिप रेग्मी, बिद्यालयका जग्गादाता माधवराम बर्मा लगायत सहभागि हुनुभएको थियो ।
क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जका संयोजक डा.बिनोद कर्णले १९३ ओैं सप्ताहका रुपमा नेपालगञ्जका धेरै स्थानहरुमा वृक्षारोपण र सरसफार्इ गरिएको बताउनुभयो । बिद्यालय परिसरमा बिभिन्न जातको २५ वटा बिरुवा रोपिएको हो ।





