
नेपालगञ्ज । नेपालगञ्ज वडा नं १३ मा रहेको उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बनेको छ ।
स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक हासिल गरेर उत्कृष्ट बनेको हो । त्यस्तै पुरैनी स्वास्थ्य चौकी ८६ प्रतिशत अंक हासिल गर्दै दोस्रो भएको छ ।
यस्तै खास कारकाँदो स्वास्थ्य चौकीले ८४ प्रतिशत अंक प्राप्त गरेको छ भने जयसपुर र भवानीपुर स्वास्थ्य चौकीले ८१/८१ प्रतिशत अंक प्राप्त गरेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेज वलीले जानकारी दिनुभयो ।
सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनका क्षेत्रमा हेरिएको मापदण्डमा उदयपुरले उच्च अंकसहित भएको वलीले बताउनुभयो ।





