पहिरोमा परेर सुर्खेतमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते हुनुभएको छ । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ ।

जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।

Previous articleभेरीका डाक्टर ड्यूटीमा नआउँदा सर्वसाधारणलाई सास्ती, सम्झाउँदा नमानेपछि कारबाही सिफारिस
Next articleमहिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here