
नेपालगञ्ज । बाँकेका बिभिन्न बिद्यालयमा कार्यरत २४ जना शिक्षकहरु उत्कृष्ठ शिक्षकका रुपमा छनौट भएका छन् । सामाजिक डिभिजन कार्यालय नेपालगञ्ज बाँकेले प्रत्येक वर्ष गर्दै आएको उत्कृष्ठ शिक्षक छनौटमा यसपटक २४ जनाको नाम परेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै उत्कृष्ठ शिक्षकहरुको नामावली विवरण सार्वजनिक गरेको छ । जस अनुसार बाँकेको आठ वटै पालिकाबाट ३/३ जनाको नाम छनौटमा परेको हो ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित प्रभात मा.बि जी गाउँका नगेन्द्र राज सुवेदी, इश्वरी मा.बि एच गाउँका राजकुमार सापकोटा, ने.रा.मा.बि नौलापुरका बल बहादुर खत्री, राप्तीसोनारी गाउँपालिकास्थित लक्ष्मी मा.बि मदुईका लक्ष्मण प्रसाद आचार्य, सरस्वती मा.बि भननियापुरका सेतीराम गोसाई र ने.रा.मा.बि अगैयाका ओम प्रकाश थापा छनौटमा पर्नुभएको छ ।
यस्तै नरैनापुर गाउँपालिकाको महेन्द्र मा.बि मटेहियाका शाह तुल्सा टेक बहादुर र सोमनाथ थारु, नमूना आ.बि मोतीपुरका शशिराम बुढाथोकी, जानकी गाउँपालिकाको जानकी मा.बि खजुराखुर्दका मालती कुमारी शाही, ने.रा.मा.बि भाटनपुर्वाका राजेन्द्र थारु र ने.रा.मा.बि बेलभारका महेश कुमार कहार छनौटमा पर्नुभएको हो ।
यसैगरी खजुरा गाउँपालिकाको ने.रा.मा.बि मनकामनापुरका केदारनाथ पाठक, अमर मा.बि गौतमबस्तीका बाबुहरी गौतम र ने.रा.मा.बि गौतमबस्तीका सुदर्शन शर्मा, डुडुवा गाउँपालिकाको शहिद स्मारक मा.बि कम्दीका राम बहादुर वली, ज्ञानदिप मा.बि डलैपुरका श्याम बहादुर बुढा मगर र टेक बहादुर सुनारको नाम छनौटमा परेको छ ।
यस्तै कोहलपुर नगरपालिकाको ज्ञानज्योती मा.बि चप्परगौडीका बिनोद शर्मा, लक्ष्मी मा.बि कोहलपुर २ का धर्मराज रेग्मी, र कृष्ण मा.बि कोहलपुर १ का टिकाराम शर्माको नाम छनौटमा परेको छ भने नेपालगञ्ज उपमहानगरपालिकाको आदर्श मा.बि राँझाका प्रकाश आचार्य, फुल्टेक्रा मा.बिका शान्ति कडेंल र बागेश्वरी आ.बि बेलासपुरका सिता श्रेष्ठ खड्का छनौटमा पर्नुभएको हो ।
सामाजिक बिकास डिभिजन कार्यालय बाँकेका प्रमुख राम करण पालका अनुसार स्थानीय तहबाट सिफारिस भएर आएका शिक्षकहरुमध्ये २४ जना शिक्षकहरुको नाम छनौट गरिएको हो ।
उत्कृष्ठ शिक्षक, कर्मचारी तथा शैक्षिक संस्थालाई प्रोत्साहन कार्यक्रम संचालन मार्गदर्शन २०७८, दफा ५ अनुसार छनौट समितिको निर्णय अनुसार योगयता पुगेकाहरुको नाम छनौट गरिएको छ । यस्तै बाँकेको कोहलपुर नगरपालिका वडा नं २ स्थित शिवशक्ति आ.बि उत्कृष्ठ बिद्यालयका रुपमा छनौट भएको छ ।






