
नेपालगञ्ज । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।
आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहनुभएको छ ।
यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशील सिंह राठौर, चौथोमा उमा प्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दान बहादुर कार्की रहनुभएको छ भने ३२ औं नम्बरमा सिफारिस हुनेमा शारदा प्रसाद चौधरी हुनुहुन्छ ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा हुनुहुन्छ । उहाँ १८ औं नम्बरमा सिफारिसमा पर्नुभएको छ । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन् ।






