पत्रकार महासंघमा ३०० उजुरी

काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिनुभएको हो ।

शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघले समस्यामा परेकाहरूको सन्दर्भमा मौखिक आग्रह गर्ने, नभए दबाब दिने र मुद्दाको प्रक्रियामासमेत जाने रणनीति अन्तरगत कार्य गर्दै आएको बताउनुभयो ।

तलब नदिने मिडियालाई कालो सूचीमा राखेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । महासंघ मिडिया हाउसको अगाडि उभिन, सडकमा उत्रिन र मन्त्रालयको अगाडि उभिन तयार रहेको बताउनुभयो । तर समस्या समाधानका लागि नीतिगत रुपमै सुधार गरेर जानुपर्नेमा उनले जोड दिनुभयो ।

Previous articleनिर्मला पन्त प्रकरणका बिष्टसहित ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस
Next articleराप्ती सोनारीको विकासका बिषयमा ६ बुँदे प्रतिबद्धता घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here