नेपालगञ्जमा मानवसेवा आश्रम संचालन

नेपालगञ्ज । नेपालगञ्जमा मानवसेवा आश्रमको १९ औं जिल्ला शाखा संचालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्श नगर नजिक शाखाको औपचारिक रुपमा उद्घाटन गरी सञ्चालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार बिहान एक समारोहका बीच उद्घाटन गर्नुभएको हो । आश्रम सञ्चालनका लागि उपमहानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटनमा समारोहमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्धिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, समाजसेवी मुकुट ढकाल, नेपालगञ्जका निर्वतमान नगर प्रमुख डा.धवलसम्शेर राणा, मानव सेवा आश्रम सुर्खेतका संयोजक अनिता ज्ञवाली, चितवनका ओमकार कँडेल लगायतले शुभकामना दिनुभएको थियो ।

आश्रमका केन्द्रीय अध्यक्ष एवम् संस्थापक रामजी अधिकारीले २०८२ साल बैशाख १ गतेसम्म नेपाललाई नै सडक मानव मुक्त देश घोषणा गर्ने अभियान स्वरुप जिल्ला जिल्लामा आश्रमको शाखा बिस्तार गर्ने काम गरिएको बताउनुभयो ।

Previous articleराप्ती सोनारीको विकासका बिषयमा ६ बुँदे प्रतिबद्धता घोषणा
Next articleमुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here