राप्ती सोनारीको विकासका बिषयमा ६ बुँदे प्रतिबद्धता घोषणा

राप्ती सोनारी । गाउँपालिकबाट प्रवाह गर्ने सेवा पहुँच भन्दापनि नियमसंगत रुपमा हुने राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तरज पौडेलले बताउनुभएको छ ।

राप्ती सोनारीको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा बास नेपालको सहजिकरणमा भएको सार्वजनिक सुनुवाईमा गाउँपालिकाबासीहरुकाबिच अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले गाउपालिकाभित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै गुण्स्तरीय काम नगर्नेले सेवा नपाउने बताउनुभयो । पालिकाले पारदर्शिता र जवाफदेहिता प्रबद्र्धनलाई प्राथमितामा राखेर काम गर्ने उहाँको भनाई छ ।

गाउँपालिकाको समग्र विकासका बिषयमा ६ बुँदे साझा प्रतिबद्धता घोषणा गरिएको छ । बेरोजगार युवाहरुलाई लक्षित गरि सीपमुलक तालिम र व्यवसायका लागि उत्कृष्ट योजनाका आधारमा अनुदानको ब्यवस्था गर्ने, आर्थिक बर्ष २०७८/२०७९ को बार्षिक बजेट पूर्ण रुपमा खर्च हुन नसकेको पाईएकाले विनियोजित बजेट शत प्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शि रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ ।

साथै लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्ने, वडा नम्बर २ मा सञ्चालीत निर्माणाधिन बाटोको काम प्रभावकारी नभएको भन्ने गुनासो आएकाले यथासक्य योजनाको अनुगमन गर्ने, पालिकाको सुचना प्रवाहलाई थप चुस्त दुरुष्त बनाउन सुचना शाखालाई प्रभावकारी बनाउने साथै आम नागरिक सम्म सुचना पुर्याउन विविधता अपनाउने, हाल गाउपालिकमा सञ्चालीत योजनाहरुमा प्राविधिक त्रुटी देखिएको, योजनाको फिल्ड अनुगमन विना नै फच्यौट हुने गरेको भन्ने गुनासो आएकाले प्रभावकारी फिल्ड अनुगमनको प्रतिबेदन पछि मात्रै फच्यौटका लागि सिफरिस गर्ने प्रतिबद्धता गरिएको छ ।

गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डांगी, वडा अध्यक्षहरुयम बहादुर खड्का, मिन राज खड्का, झगरु थारु, लवराज खरेल, राम लखन थारु, सालिकराम क्षेत्री, कार्यपालिका सदस्यहरु केशब राज दमाई, राधिका सुनार, शाखा प्रमुखहरुले हस्ताक्षर गर्नुभएको छ ।

Previous articleपत्रकार महासंघमा ३०० उजुरी
Next articleनेपालगञ्जमा मानवसेवा आश्रम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here