
बाँके । जिल्लामा पहिलाे पटक एकैदिन धेरै जना डिस्चार्ज भएका छन् ।
काराेना संक्रमण देखिएकाे अहिलेसम्म जिल्लामै यति धेरै जना डिस्चार्ज भएका थिएनन् ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार एकैदिन ३० जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरूमा अधिकृतसम्मका कर्मचारी छन् । नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय र त्रिभुवन चाेकमा भेटिएका व्यक्तिहरू डिस्चार्ज हुन लागेकाे फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे ।
बिहीबार आईशाेलेशन सेन्टर गणेशमान चाेक, आदर्शनगर र लायन्स डेन्टलबाट गरि ९ महिला र २१ जना पुरूष डिस्चार्ज भएका छन् ।
हालसम्म जिल्लामा यसअघि सबैभन्दा धैरै एकैदिन २१ जनासम्म डिस्चार्ज भएका छन् । याेसंगै डिस्चार्ज हुनेकाे संख्या ४ सय ३५ पुगेकाे छ ।





