बाल यौन दुराचार गर्ने नाउ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाल याैन दुराचार गर्ने एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकने छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बाल याैन दुराचार गरेर फरार डुडुवा गाउँपालिका वडा नं-४ बस्ने ३३ वर्षीय अनिस नाउलाई पक्राउ गरेकाे हाे ।

२०७८ कार्तिक ३० गते बाँके जिल्ला अदालतको फैसलाले नाउलाई बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद तोकेकाे थियाे ।

अदालतकाे फैसलासंगै हालसम्म फरार नाउलाई प्रहरी टोलीले २०७९ असार २७ गते पक्राउ गरेकाे जनाएको छ । नाउलाई जिल्ला अदालत बुझाईएकाे छ ।

Previous article१२ औं राष्ट्रपति रनिङशील्डमा बाँके प्रथम
Next articleबिवाह उत्सवमा सामाजिक कार्य, बस्नेत दम्पतीद्वारा फिल्टर जडान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here