बिवाह उत्सवमा सामाजिक कार्य, बस्नेत दम्पतीद्वारा फिल्टर जडान

नेपालगन्ज । नेपालगन्जका एक दम्पतीले आफ्नो बैवाहिक वर्षगाँठकाे अवसरमा भेरी अस्पतालमा रहेकाे पाेषण पुर्नस्थापना गृहमा फिल्टर जडान गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा न-४ गणेशपुर निवासी जागेश्वर बस्नेत र संगम रावत बैरागी बस्नेत दम्पतीले मंगलबार आफ्नाे १० औं वर्षगाँठकाे अवसरमा भेरी अस्पतालमा रहेकाे पुर्न स्थापना गृहमा फिल्टर जडान र फलफूल बितरण गर्नुभएको हाे ।नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बस्नेतले केही सामाजिक कार्य गर्नुपर्ने साेंचका साथ गर्न सकिने सानाे सहयाेग स्वारूप फिल्टर जडान गरिएको बताउनुभयो ।

`सानैदेखि सामाजिक कार्य गर्ने ईच्छा छ, ।´ बस्नेतले भन्नुभयाे, परिवारबीच छलफल भयाे अनि गर्न सकिने सहयाेग प्रदान गर्याैं, मानव जती सबैले समाजमा सानाे भएनि सहयाेग गर्नुपर्छ ।´ भेरी अस्पालका मेसु डा. बद्री चापागाईं, जिल्ला काेभिड फाेकल पर्सन तेज बहाुर वली, अस्पतालकाे गृहमा कार्यरत कर्मचारीकाे उपस्थितिमा बस्नेत दम्पतीले उक्त सामान प्रदान गर्नुभएको छ ।पुर्न स्थापना गृहमा स्वच्छ खानेपानीकाे अभाव नै थियाे । हालसम्म जारकाे पानी खाने गरिएकाे थियाे । पुर्न स्थापना गृहमा हालसम्म ८ जना बालबालिका भर्ना छन् ।

गृहमा ६ महिनादेखि ५ वर्ष उमेरका बालबालिकालाई राख्ने गरिन्छ । बस्नेत दम्पतीले प्रत्येक वर्ष यसरी नै समाजिक कार्य गर्दै आउनुभएकाे छ । काेराना कहरका बेला नेपालगन्ज सक्रियताका साथ बस्नेत लाग्नुभएको थियाे ।

Previous articleबाल यौन दुराचार गर्ने नाउ पक्राउ
Next articleठुलो परिणाममा लत्ता कपडा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here