
नेपालगञ्ज । लुम्बिनी प्रदेश स्तरीय प्रथम तथा १२ औं राष्ट्रपति रनिङशील्ड खेलकूद प्रतियोगितामा बाँके प्रथम भएको छ ।
एथलेटिक्समा ९, उसुमा ४, कराँतेमा ३ र टाईकाण्डोमा ३ गरी जम्मा १९ गोल्ड प्राप्त गरी बाँके प्रथम भएको हो ।
दाङ्को बेल्झुन्डी रंगशालामा प्रदेश खेलकुद परिषद लुम्बिनीद्वारा आयोजित प्रतियोगितामा एथलेटिक्सतर्फ बाँकेका युवराज वि.क. उत्कृष्ट खेलाडी उपाधी समेत प्राप्त गरेका छन ।
प्रदेशबाट छ्नौट हुनेमा अधिकांश बाँकेका खेलाडी छन भने नेशनल खेलका लागि प्रदेश खेलकुद परिषद लुम्बिनीद्वारा खेलाडीहरु काठमाडौ लैजाने तयारी भएको प्रतियोगितामा बिद्यार्थी खेलाडी लिएर जानुभएका जय किसान माबि नरैनापुर ६ का शिक्षक अरुण यादवले जानकारी दिनुभयो ।






