ठुलो परिणाममा लत्ता कपडा बरामद

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न-१४ भाटनपुर्वाबाट लाखौंको अबैध सामान बरामद गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटेकाे गस्ती टाेलीले बुधबार भाटनपुर्वाबाट लाखौंको अबैध कपडा बरामद गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज १४ स्थित भाटनपुर्वाबाट दुई लाख सत्र हजार एक सय बराबरको बेवारिसे अवस्थामा लत्ताकपडा बरामद गरेकाे जनाएको छ ।

बरामद गरिएको सामानहरूमा १९६ पीस
लेडिज कुर्ता सुरुवाल, १९ पीस काेर्ट पाईन्ट कपडा र २१ पीस लेडिज सल रहेेकाे र बुधबार नै नेपालगन्ज भन्सार कार्यालयमा बुझाएकाे प्रहरीले बताएको छ ।

Previous articleबिवाह उत्सवमा सामाजिक कार्य, बस्नेत दम्पतीद्वारा फिल्टर जडान
Next articleटेलिचलचित्र माया सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here