टेलिचलचित्र माया सार्वजनिक

काठमाडौं । प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ ।

जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ । सामान्यतया हास्य व्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् ।

तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कम नै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्र बनाईएको निर्मात्री प्रज्ञा जोशीले बताउनुभयो ।

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो । साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नु हुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मुल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताउनुभयो ।

टलिचलचित्रमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायांकन तथा सम्पादन जोन चाम्लिङ राइ श्रृगार प्रीया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमा हबको रहेको छ ।

Previous articleठुलो परिणाममा लत्ता कपडा बरामद
Next articleबाँकेको बेरुजु ४५ करोड (पालिकाको विवरण सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here