बाँकेको बेरुजु ४५ करोड (पालिकाको विवरण सहित)

नेपालगञ्ज । बाँकेका ८ वटै पालिकामा आर्थिक वर्ष २०७७/०७८ मा ४५ करोड बढी रुपैयाँ बेरुजु पाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयले बुधबार ५९ औं प्रतिवेदन सार्वजनिक गरेको हो । सोही अनुसार बाँकेका आठ वटा पालिकाको बेरुजु ४५ करोड ४० लाख ६४ हजार पुगेको हो ।

महालेखाले बाँकेका सबै पालिकाको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार रुपैयाको लेखा परीक्षण गरेको थियो । जसमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाको ८ करोड ८७ लाख बेरुजु छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकाको एक करोड ९६ लाख ३२ हजार बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको ५ करोड ६९ लाख २३ हजार बेरुजु छ । राप्तीसोनारीको ६ करोड ९९ लाख १२ हजार, खजुरा गाउँपालिकाको ५ करोड ८२ लाख ३३ हजार बेरुजु रहेको छ ।

यसैगरी बैजनाथ गाउँपालिकाको ५ करोड ५ लाख ९५ हजार, डुडुवा गाउँपालिकाको ५ करोड ८४ लाख ७४ हजार र जानकी गाउँपालिकाको ५ करोड १५ लाख ५० हजार बेरुजु रहेको पाइएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments