
नेपालगञ्ज । स्थानीय तहको निर्वाचनबाट निर्वाचित बाँके जिल्लाका केही स्थानीय तहका जनप्रतिनिधिहरुले हठात रुपमा करार सेवा सम्झौता नगर्ने र सेवाबाट हटाउने निर्णय गरेको प्रति निजामती क्षेत्रका ट्रेड युनियनहरुको ध्यानाकर्षण भएको छ ।
स्थानीय तह संचालनको लागि आवश्यक जनशक्ति अस्थाई, सेवा कारार र ज्यालादारीमा नियुक्त गरि विभिन्न जिम्मेवारी दिई कामकाजमा खटाईएकोमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बाँके जिल्लाका केहि स्थानीय तहका जनप्रतिनिधिहरुले हठात रुपमा सेवा सम्झौता नगर्ने र सेवाबाट हटाउने निर्णय गरेको प्रति निजामती क्षेत्रका ट्रेड युनियनहरुको ध्यानाकर्षण भएको जनाएको हो ।
एक बिज्ञप्ति जारी गर्दै कुनैपनि अर्थ र औचित्यबाट पुष्टि हुन नसक्ने उक्त निर्यण तत्काल फिर्ता लिन खजुरा गाउँपालिका लगायत अन्य स्थानीय तहरुलाई हामी संयुक्तरुपमा आग्रह गरिएको छ ।
‘दक्ष, अनुभवी र तालिम प्राप्त, योग्य कर्मचारीलाई सेवाबाट बेदखल गर्ने कार्य कुनैपनि कोणबाट उपयुक्त देखिदैन । सेवा सम्झौता नगर्ने निर्णयका कारण सेवाबाट बाहिरिन पुगेका अस्थाई, कारार र ज्यालादारीमा नियुक्त कर्मचारीहरुलाई अबिलम्ब काममा फर्किने वातावरण मिलाउन र तत्काल निर्णय फिर्ता लिन पुनः खजुरा गाउँपालिका लगायत बाँके जिल्लाका अन्य स्थानीय तहहरुलाई पुनः हार्दिक अनुरोध गरिएको’ बिज्ञप्तिमा उल्लेख छ ।





