बागेश्वरी मन्दिर क्षेत्रको सरसफाई

नेपालगञ्ज । समुदायप्रति उत्तरदायित्व अन्तर्गत बागेश्वरी मन्दिर क्षेत्रको सामुहिक सरसफाई गरिएको छ । प्रहरी, सहकारी संस्था लगायतले संयुक्त रुपमा मंगलबार बिहान बागेश्वरी मन्दिरु क्षेत्रको सरसफाई गरेका हुन ।

रामारोशन बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगञ्ज, सामुदायिक प्रहरी सेवा केन्द्र, लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रल र लियो क्लब अफ नेपालगञ्ज सेन्ट्रलले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि लगायतले सरसफाई गरेका छन् ।

रामारोशनका अध्यक्ष टंक धामीको नेतृत्वमा भएको कार्यक्रममा नेपालगञ्ज वडा नं २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख श्याम कुमारी मगर लगायतको सहभागिता रहेको थियो ।

Previous articleकर्मचारी निष्काशन प्रति ट्रेड युनियनहरुको ध्यानाकर्षण
Next articleबाँकेको जानकीमा करार कर्मचारीको म्याद थप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here