सुर्खेतमा मानव कंकाल फेला

file photo

सुर्खेत । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।

भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ ।

प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटएको थियो । उक्त मानव कंकाल पुरुष ब्यक्तिको भएको र त्यो तीन र चार महिना पुरानो रहेको एसपी पाण्डेले बताउनुभयो ।

‘कंकाल छरिएको अवस्थामा फेला परेको थियो । अहिले जनप्रतिनिधिको रोहबरमा घटनास्थालबाट मुचुल्का गरी कंकाललाई कार्यालयमा ल्याइदै छ,’ उहाँले भन्नुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous article‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक
Next articleनक्कली फेसबुक आईडीमार्फत चरित्र हत्याको आरोपमा एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here