नक्कली फेसबुक आईडीमार्फत चरित्र हत्याको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन् ।

पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताउनुभयो ।

उहाँका अनुसार लामाले पीडितले प्रयोग गर्ने फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली एकाउन्ट बनाएका थिए । र, म्यासेन्जरमार्फत पीडित बनेर साथीहरुसँग पैसा पनि मागेको पाइएको छ ।

सोही एकाउन्टमार्फत ‘स्टडी म्याटरियल’ नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देहव्यापार हो भन्ने आशयको शब्दहरु लेखेर पोष्ट गरेको अर्यालले बताउनुभयो ।

थप अनुसन्धान भइरहेको अर्यालको भनाइ छ । पक्राउ परेका लामाविरुद्ध पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Previous articleसुर्खेतमा मानव कंकाल फेला
Next articleनेपालगञ्ज वडा नम्बर-१३ ले गर्‍यो कर्मचारीलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here