
नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले वडापालिकामा कार्यरत कर्मचारिलाई नगदसहित सम्मान गरेको छ ।
वडापालिकाको उदयपुर कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर सन्जिला डिसि सहित १० जनालाई नगदसहित दोसल्ला ओढाई सम्मान गरेको हो ।
उदयपुर स्थित १३ नम्बर वडा कार्यालयमा रहेका कर्मचारीमध्ये उत्कृष्ट सेवा प्रदान गरेको र कार्यालयको गरिमा उच्च राख्ने गरि जनप्रतिनिधिलाई सहयोग गरेको मुल्याङ्कनका आधारमा कार्यालयले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा कम्प्युटर अपरेटर डिसि, वडा सचिब रामकुमार पौडेल, लेखापाल उमेश् शाही, ओभरसियर दिपक रोकाय, अमिन मिथलेस बर्मा, सहजकर्ता राधिका भट्टराई, हेल्पडेस्क गणेस पाण्डे, कार्यालय सहयोगी गंगाराम बृजबासी र दुई जना कार्यालय सहयोगी गोपाल बाल्मिकि र फकिरे वाल्मीकि रहनुभएको छ ।
बिहीवार एक कार्यक्रमबीच वडा अध्यक्ष सुरेस सिंह ठाकुर, वडा सदस्य दिलावर कबडिया लगायत जनप्रतिनिधीले कर्मचारीलाई सम्मान गर्नुभएको थियो ।
वडापालिकाले यसरी कर्मचारीलाई सम्मान गर्ने प्रचलनका कारण वडापालिकाका विभिन्न निकायमा काम गर्ने कर्मचारीमा हौसला बढ्नुका साथै जिम्मेवारीबोधतर्फ अझै इमान्दारीताका साथ नागरिकको सेवामा लाग्न उत्प्रेरणा समेत मिलेको सम्मानित कर्मचारीहरूले बताएका छन् ।





