जानकीमा दुई करोडको ‘अवसर ‘ परियोजना संचालन

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा अवसर परियोजना संचालन भएको छ । बिहीबार एक कार्यक्रमका बीच परिचयात्मक कार्यक्रममार्फत जानकी गाउँपालिकाको वडा नं २ र ३ मा अवसर परियोजना संचालन हुन लागेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बिगतमा वडा नं ४ मा संचालन भएको मिलाप संस्थाको परियोजनाले यहाँका जनतालाई धेरै सहयोग पुगेको बताउनुभयो ।

संस्थाले कार्यक्रममार्फत सिमान्तकृत समुदायलाई सहयोग पुर्याएर अघि बढ्न हौसला प्रदान गरेको भन्दै उहाँले कार्यक्रमको प्रभावकारीताको शुभकामना दिनुभयो । भोलिका दिनमा अझै थुपै्र कार्यक्रमहरु गर्नुपर्ने र त्यसका लागि गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रशासकीय अधिकृत रानाले बताउनुभयो ।यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना गाहा मगरले गाउँपालिकाका भिन्नि क्षेत्रमा गाउँपालिकाको आँखा नपुगेको क्षेत्रमा संघ संस्थाको ध्यान पुग्ने गरेको र समुदायसंग नजिक हुने कार्यक्रम संस्थाको हुने गरेको पाइएको बताउँदै आगामी दिनहरुमा पनि कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।

मिलाप नेपालगञ्जका कार्यकरी निर्देशक राजेन्द्र बहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राना, स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिका तथा सि डबल्यू सिको समन्वय सहकार्यमा, आई एन एफ, अष्ट्रेलिएन एड, फिल एण्ड जेनी डेभिस अस्ट्रेलिया, जानकारी टेक र हामिल्टन बापटिस्ट चर्चको आर्थिक सहयोगमा मिलापले अवसर परियोजना संचालन गरेको हो ।

आर्थिक वर्ष २०८३÷२०८४ सम्म संचालन हुने पाँच वर्षीय परियोजनाले करिब एक करोड ९८ लाख ९८ हजार ३ सय ३ रुपैया खर्च गरिने कार्यक्रम अधिकृत प्रेमा रोकाले जानकारी गराउनुभएको थियो ।

Previous articleनेपालगञ्ज वडा नम्बर-१३ ले गर्‍यो कर्मचारीलाई सम्मान
Next articleवडा प्रहरीको सक्रियतामा ९० हजारको कपडा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here