
नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जको सक्रियतामा भन्सार छलिको अबैध सामान पक्राउ गरेको छ ।
बिशेष सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीबार राती ९० हजार बरारको कपडा बरामद गरेको हो ।
प्रहरी टोलीले नेपालगञ्ज वडा नं ४ स्थित पुष्पलाल चोकबाट ६२ थान कुर्ता सुरुवाल सुट (लेडिज कपडा) बरामद गरेको छ ।
रुपैडिहाबाट बिहीबार साँझ करिब साढे छ बजेको समयमा सूचनाका आधारमा प्रहरीले चोकबाट करिब ९० हजारको उक्त कपडा बरामद गरेको वडा प्रहरी कार्यालयले जनाएको छ ।





